२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

काठमाडौं– किरात समुदायको महान पर्व साकेला उभौलीअन्तर्गत राजधानीको सैनिक मञ्च टुँडिखेलामा साकेला नाच कार्यक्रम भएको छ।

किराती पहिचान झल्किने परम्परागत भेषभुषामा सजिएर टुँडिखेलमा उपस्थित किरात राईहरुले गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै विविध सांस्कृतिक कार्यक्रमसहित साकेला सिलीमा नाचगान गरेका थिए। साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ।

कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर नाच्छन्।

साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायको मुख्य पर्व हो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App