२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेक्वान्दो टोली कोरियातिर

काठमाडौं – इन्डोनेशियाको जाकार्तामा हुने १८ औं एसियाली खेलकुदमा सहभागिता जनाउने तेक्वादो संघका खेलाडी बिहीबार दक्षिण कोरियाको सिओल गएका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा कस्को सहभागिता भन्ने विवादपछि अन्तत नेपाल तेक्वादो संघबाट छनोट भएका ५ महिला, ५ पुरुष खेलाडी र प्रशिक्ष संगिना वैद्य सहितको ११ सदस्यी नेपाली टोली विशेष प्रशिक्षण लिन कोरिया प्रस्थान गरेको हो।

टोलीमा पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन् भने महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन् । भुपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघका प्रवत्ता दीपक विष्टले जानकारी दिए।

३ महिने प्रशिक्षणमा गएका नेपाली खेलाडीले उक्त अवधिमा स्थानीय प्रतियोगितामा अनुभव बटुल्न प्रतिस्पर्धा गर्ने विष्टले जानकारी दिए । उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा  प्रशिक्षण गर्नेछन्।

प्रकाशित: २१ वैशाख २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App