२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्लाइम्बिङमा सिद्धार्थ र अनिशालाई उपाधि

काठमाडौं – सिद्धार्थ केसी र अनिशा जिरेलले बुधबार नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन र पासाङ ल्यामु प्रतिष्ठिानले संयुत्त रुपमा आयोजना गरेको सुमन भोम्जन मेमोरियल स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको टप रोप कम्पिटिसनमा पुरुष र महिलातर्फको उपाधि जितेका छन्। 

पासाङ ल्यामु स्पोर्ट क्लाइमिङ सेन्टर धुम्बाराहीमा भएको प्रतियोगितामा रोप क्लाइमिङको पुरुष विधातर्फ सिद्धार्थले ३३ सेकेण्ड मा रुट पुरा गर्दै पहिलो स्थान पक्का गर्दा अनुप मल्ल ५९ सेकेण्डमा र युवराज शाहीले  १ मिनेट २६ सकेण्डमा रुट पुरा गर्र्दै क्रमश दोस्रो र तेस्रो भए।

त्यस्तै महिलातर्फ अनिशले  १ मिनेट ८ सेकेण्डमा निर्धारित रुट पूरा गर्र्दै विजेता बन्दा जुई थापामगरले १ मिनेट ९ सकेण्ड र अनिता खत्रीले २ मिनेट १६ सेकेण्डमा रुट पुरा गर्दै क्रमश दोस्रो र तेस्रो स्थान पक्का गरिन।

यता लिड क्लाइम्बिङ विधामा पुरुषतर्फ पेम्बा शेर्पाले पहिलो स्थान हात पार्दा भिम तामाङ दोस्रो र विजय सुनुवार तेस्रो भए । पेम्बाले निर्धारित रुट ३ मिनेट २ सकेण्डमा पुरा गर्दा भिमले ३ मिनेट ४ सकेण्ड र विजयले ३ मिनेट ४४ सकेण्डमा पुरा गरे।

त्यस्तै लिड क्लाइम्बिङ महिताफर्त स्विस्तिका चौधरी पहिलो, बेनिशा राजबहाक दोस्रो र विमला सुनार तेस्रो भइन् ।  चार वटै विधाका विजेताले विजेताले क्रमश १५ हजार उपविजेताले १० हजार र तेस्रो स्थानको खेलाडीले ५ हजार रुपैयाँ हात  पारे।

प्रतियोगिातको टप रोप  कम्पिटिसनमा पुरुष र महिला गरि ३५ तथा लिड क्लाइम्बिङतर्फ २५ खेलाडीको सहभागिता थियो।

प्रकाशित: २० वैशाख २०७५ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App