२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फाइटर्सलाई मारवाडी क्रिकेट उपाधि

मारवाडी क्रिकेट लिग उपाधि विजेता फाइटर्सका खेलाडी। तस्बिरः नागरिक

काठमाडौं – फाइटर्सले टिपटप–११ लाई ८ रनले पराजित गर्दै शनिबार टिपटप मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा फाइटर्सले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १ सय ७५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा टिपटपले २० ओभरमा ३ विकेट गुमाएर मात्र १ सय ६६ रन जोड्दा उपविजेतामा चित्त बुझायो।

खेलमा टिपटपका लागि ओपनर अमोल शर्मा र अंशु कन्दोईले अर्धशतकीय इनिङ खेले पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन । टिपटपका समित श्रेष्ठले २० तथा पुनीत बाधुसारियाले अविजित २९ रनको योगदान गरे पनि हार टार्न सकेनन् । बलिङतर्फ फाइटर्सका कृष्ण केडिया, राहुल वंशल र अंकित ग्रागले समान १–१ विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको फाइटर्सले अंकित ग्रागको ६९ रनको  मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन जोड्न सफल भयो । फाइटर्सका लागि विवेक रानामगरले २७ रन जोड्दा राहुल वंशलले २६ तथा कृष्ण केडियाले २२ रनको योगदान गरेका थिए।

बलिङतर्फ पुनीत बाधुसारिया र अंशु कन्दोईले सर्वाधिक २–२ विकेट लिए।

प्रतियोगिताको फाइनलमा ८ रनको रोमाञ्चक जित हात पारेको फाइटर्सले नगद १ लाख ५१ हजार रुपियाँसहित उपहार पायो भने उपविजेता टिपटपले नगद ८१ हजारमा चित्त बुझायो।

प्रतियोगितामा म्यान अफ दी सिरिजको उपाधि फाइटर्सका अंकित ग्रागले हात पारे भने उत्कृष्ट ब्याट्सम्यान र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हाम्रो किचनका  शुभव अग्रवाल, उत्कृष्ट बलर टिपटप–११ का सुमित शर्मा, उदीयमान खेलाडी डिएभीका शिखर बोथ्रा घोषित भए । उत्कृष्ट सबैले उपहार प्राप्त गरे।

मारवाडी समाजमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता चैत १९ गतेबाट प्रारम्भ भएको थियो । खेल १० टोलीलाई दुई समूहमा विभाजन गरी राउन्डरोबिन लिगका आधारमा सञ्चालन गरिएको थियो।

प्रकाशित: २ वैशाख २०७५ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App