२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फाइटर्स सेमिफाइनलमा

काठमाडौं – बी वन–११ लाई ५४ रनले पराजित गर्दै फाइटर्स टिपटप मारवाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार १ सय ९२ रनको लक्ष्य पछ्याउँदा बी वन–११ ले १ सय ३७ रन मात्र बनाएपछि फाइटर्सको सेमिफाइनल यात्रा पक्का भएको हो।

खेलमा बी वन–११ का लागि ओपनर महेश खत्रीले सर्वाधिक ४८ तथा शंकर पौडेलले अविजित ४३ रनको योगदान गरे पनि टोलीको जितका लागि पर्याप्त भएन । खत्रीले ४३ बल खेल्दै ५ चौकाको मद्दतमा ४८ रन जोडेका थिए भने पौडेलले ३४ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ४३ रन जोडेका थिए । यस्तै, अर्का ओपनर मोहित अग्रवालले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङतर्फ फाइटर्सका अंकित गर्ग र राहुल बंसलले समान २–२ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फाइटर्सले पूरै २० ओभर खेल्दै १ सय ९१ रन जोड्न सफल भएको थियो । खेलमा फाइटर्सका लागि नीरज झाले अविजित ६३ रन बनाए । ३७ बलको सामना गरेका नीरजले ३ छक्का र ५ चौका प्रहार गरेका थिए । यस्तै, ओपनर राहुल बंसलले २ छक्का र ७ चौकको मद्दतमा ५३  रनको योगदान गर्दा अंकित गर्ग शंकर पौडेलबाट रनआउट भए।

बलिङतर्फ विकास शर्माले २ विकेट हात पारे भने शंकर पौडेल, दिनेश कुमार, जयप्रकाश शर्मा र निर्मल तपरिसले समान १–१ विकेट हात पारे।

यस्तै, सोमबारै सम्पन्न अर्को खेलमा टिप टप–११ ले बालकुमारी क्रिकेट क्लबलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्यो।

टस जितेर ब्याटिङ गर्दै टिपटपले दिएकोे १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा बालकुमारीले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्र जोड्न सक्यो । बालकुमारीका लागि विपिन आचार्यले २९, पवनले २५ तथा अरविन्द चौधरीले १४ रनको योगदान गरे पनि टोलीको हारलाई जोगाउन सकेनन् । यस्तै, मनीष गोयल १० रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बालकुमारीलाई सस्तैमा समेट्न टिपटप–११ का अमोल शर्माले ४, क्यानन अग्रवालले २ तथा अनुभव रनसारिया, सुमित शर्मा, विकास शर्मा र राहुल पुनियाले समान १–१ विकेट लिए।  

टस जितेर पहिले ब्याटिङ गरेको टिपटपले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १ सय ७७ रन जोड्न सफल भएको थियो । खेलमा टिपटपका सुमित शर्माले सर्वाधिक ६८ रनको योगदान गर्दा अश्चल चौधरीले ३५, ओपनर अमोल शर्माले ३० तथा योगेश स्वार्थियाले १० रनको योगदान गरे।

बलिङतर्फ बालकुमारीका लागि मनीष गोयलले ४ विकेट लिए भने विकास राठोरले २ तथा विपिन आचार्य र अरविन चौधरीले समान १–१ विकेट हात पारे।

प्रतियोगितामा मंगलबार हाम्रो किचन प्यान्थर्स र शिखर प्लाइ किङ्स तथा ग्रान्ड एकेडेमी राइडर्स र वन मिक्स–११ बीच खेल हुनेछ।

प्रकाशित: २७ चैत्र २०७४ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App