२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा गैरकानुनी अाप्रवासी विषयमा ‘न्यायपूर्ण तर कडा’ धारणा ल्याउने

एकरोन ओहायो- रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले गैरकानुनीरुपमा अमेरिकी भूमिका बसोबास गर्दै आएका अनुमानित एक करोड १० लाख आप्रवासीका विषयमा ‘न्यायपूर्ण तर कडा धारणा’ ल्याउने बताएकाछन् ।

ट्रम्पले यसअघि दिँदै आएका अभिव्यक्तिबाट पछि हट्दै आप्रवासीका विषयमा केही नरम धारणा प्रस्तुत गर्दै आफू अमेरिकी राष्ट्रपतिमा विजय भएमा उनीहरुको सम्बन्धमा ‘न्यायपूर्ण तर कडा काननु ल्याउने’ अभिव्यक्ति सोमबार आएको हो ।

रिपब्लिकन नेता ट्रम्पले यसअघि गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई सामूहिक रुपमै सम्बन्धित देशमा फर्काउने भनी कडा अभिव्यक्ति दिँदै आएका थिए । उनको यहि धारणका कारण उनलाई  रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिन पाउने आवस्थासम्म पु¥याएको समेत बताइन्छ । तर अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा आप्रवासीहरुप्रति नरम धारणा राख्ने अमेरिकी नागरिकको मन जित्ने कूटनीतिक प्रयास ट्रम्पले थालेकोे विश्लेषकहरुको बुझाइ रहेको पनि अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

ट्रम्पले शनिबार हिस्पासिक अगुवासँगको छलफलका क्रममा आफू अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीहरु जसले आपराधिक गतिविधि गरेका छैनन् र कुनै न कुनै रुपमा अमेरिकी कानुनलाई स्वीकार गर्दै कानुनी आधार प्राप्त गरेका छन्, उनीहरुलाई अमेरिकामा बसोबास गर्न दिने विषयमा विचार गर्नसकिने धारणा सार्वजनिक गरेका थिए। रासस

 

प्रकाशित: ८ भाद्र २०७३ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App