२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अस्पताल भर्ना भएकी १२ वर्षीय गर्भवती बालिकाको अझै उपचार भएन

ताप्लेजुङ  – जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको पेटको बच्चा ७ दिनमा फाल्न दिएको सल्लाह अनुसार विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा भर्ना भएकी बालिकाको ५ दिन बित्दा पनि उपचार भएको छैन्।

उपचारार्थ अस्पतालमा भर्ना भएकी बालिकाको उपचारमा अस्पतालले गम्भिर चासो नदिएको भन्दै बिरामी र कुरुवा अस्पताल रुघेंर बस्ने वा छाडेर हिड्ने भन्ने दोधारमा परेका छन्। ‘हामी बसेको बसै छौं, उपचार हुने कुरो कन्थो छैन’पीडित बालिकाकी आमाले टेलिफोनमा भनिन्। उनले डाक्टरले दिएको समयसीमा गुज्रिएको जानकारी दिँदै ५ दिन अस्पातलमै रहँदा पनि उपचारका लागि खासै चासो नराखिएको बताइन्।

जबरजस्ती करणीबाट गर्भवती बनेकी बालिकाको उपचार अभावले गर्भ फाल्न नसकिएको समाचार नागरिक न्युज अनलाईन र नागरिक दैनिकमा प्रकाशित भएपछि उनलाई झापाको दमक घर बताउने हेम बस्नेतले ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए।

सो रकम आएपछि ति बालिकाको उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्याइएको थियो। बस्नेतले उपचारका लागि अस्पतालले चाँडै चासो दिनुपर्ने भन्दै बालिकाको ज्यान बचाउने कार्यमा आफूले उपचारका लागि लाग्ने खर्च व्यहोर्ने बताउदै आएका छन्। बालिकाको अवस्था देखेर दुखित भएकी विराटनगरकी मञ्जु बानियाँ(घिमिरे) ले पनि उपचारका लागि अस्पतालले संवेदनशीलता अपनाउनुपर्ने बताइन्।

प्रकाशित: १७ चैत्र २०७४ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App