२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको उम्मेदवारमा लक्ष्मी राईलाई अघि सार्ने कांग्रेसको तयारी

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई अघि सार्ने तयारी गरेको छ। वाम गठबन्धनको उम्मेदवारले नै राष्ट्रपतिसहितका पद हात पार्ने निश्चित रहेपनि कांग्रेसले सर्वसहमति हुन नदिन सहिद दिवानसिंह राईकी छोरी लक्ष्मीलाई मैदान उर्तान लागेको हो।

वर्तमान राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिको गरीमा र मर्यादा कायम गर्न नसकेको जनाउँदै केन्द्रीय सदस्य मीन विकले बाम गठबन्धनको उम्मेदवार हेरेर कांग्रेसले निर्णय लिने बताए। पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने नै आन्तरिक तयारी रहेको बताउँदै उनले भण्डारी बाहेक अन्य व्यक्तिलाई अघि सारे उम्मेदवारी नदिने संकेत गरे। ‘वर्तमान राष्ट्रपतिजीले संस्थाको मर्यादा कायम राख्न नसक्नु भएकाले उहाँलाई खुला नछाड्ने नै अहिलेसम्मको कुरा छ,’ विकले नागरिकसँग भने, ‘उम्मेदवारको प्रकृति हेरेर पार्टीले निर्णय लिन्छ।’

संवैधानीक दायाराभित्र रहने र राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने मान्यता कांग्रेसको रहेको जनाउँदै उनले थपे, ‘राष्ट्रपति पदलाई विवाद रहित साझा बनाउन अर्को उम्मेदवार भए सर्वसहमतिको बाटो पनि खुला रहन्छ।’

राष्ट्रपति भण्डारीले संबैधानीक दायरा र सिमा मिच्दै एमालेको बलमा राष्ट्रयसभा अध्यादेश लामो समय रोकेको र संविधान अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका तीन सदस्य मनोनयनलाई रोकेर पार्टीको पक्षपोषण गरेको कांग्रेस बुझाइ छ।

‘निर्वाचनको परिणाम के हुन्छ भन्ने स्पष्ट छ,’ कांग्रेसका एक नेताले भने, ‘राष्ट्रियसभा सदस्य मनोनयनमा उहाँ(भण्डारी)को जुन बल मिच्याइ भयो त्यसकाविरुछ कांग्रेस छ । उम्मेदवारी नदिनु भनेको त्यसलाई बैधता दिनु हो।’

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यसूची छ।

त्यसको औपचारीक टुंगो भने बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठक बोलाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘राष्ट्रपति निर्वाचनपछि बस्ने केन्द्रीय समिति बैठकमा निर्वाचन समिक्षा र महासमिति बैठकको तयारीमा केन्द्रीत हुन्छ,’ शर्माले भने, ‘भोलिको बैठक राष्ट्रपति निर्वाचनमै केन्द्रीत हुन्छ।’

    

प्रकाशित: २२ फाल्गुन २०७४ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App