२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

काठमाडौं – नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलार (आज) अपराह्न स्वदेश फिर्ता भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरेका थिए। स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्नुका साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए।

त्यस्तै प्रधानमन्त्री अब्बासीले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा उनले आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७४ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App