२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘मालदिभ्स समाधानका लागि राष्ट्रसंघीय मध्यस्थता आवश्यक’

कोलोम्बो– मालदिभ्सको प्रतिपक्षी गठबन्धन समूहले देशमा विद्यमान राजनीतिक संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदकलाई बोलाएको जनाएको छ।

पूर्व राष्ट्रपतिद्वय मोहमद नसिद र मौमुन अब्दुल गयुमको दलहरूसमेत संलग्न प्रतिपक्षी गठबन्धनले मध्यस्थताका लागि सल्लाह लिन बेलायती अधिवक्ता बेन एमरसनलाई जिम्मा दिइएको बताएका छन् ।
गत वर्षसम्म राष्ट्रसंघको विशेष प्रतिवेदक रहेका एमरसन नसिदको अन्तर्राष्ट्रिय कानुनी समूहका अवैतनिक वाणिज्यदूत थिए । उक्त समूहमा वरिष्ठ मानव अधिकारकर्मी अमाल क्लुनीसमेत संलग्न थिए।

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले वन्दीको रिहाइ तथा कोलोम्बोमा निर्वासित जीवन बिताइरहेका नेता नसिशदमाथि लागेको फौजदारी अभियोग राजनीतिक उद्देश्यबाट प्रेरित भएको भन्दै अदालतले उल्टाइदिएपछि आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले आफ्नो पक्षमा अदालतको निर्णय आएसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका हुन्।

‘हामीले निर्वाचनलाई समावेशी, स्वच्छ तथा निष्पक्ष बनाउनका लागि पूर्ण अन्तर्राष्ट्रिय पर्यवेक्षणका उचित कार्यक्रमसहितका योजना ल्याउनुपर्छ,’ नसीदले भने ।नसिदलाई सन् २०१५ को विवादास्पद निर्णयमार्फत दोषी ठहराउँदै कुनै पनि निर्वाचनमा सहभागी हुन पाउने अधिकारबाट वञ्चित गरिएको छ । उनमाथि राजनीतिक उद्देश्यबाट प्रेरित भई आतकंवादीलाई सघाएको आरोप लगाइएको थियो । तर उक्त निर्णयको देशभित्र तथा बाहिरसमेत सर्वत्र आलोचना गरिएको थियो।

सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरूले निर्णयको पक्षमा सडकमा खुशियाली मनाउँदै प्रदर्शन गरेका थिए भने सरकारले सुरक्षाको कारण देखाउँदै मालदिभ्समा १५ दिनका लागि संकटकालको घोषणा गरेको थियो । सुरक्षा स्थितिमा सुधार नआएको जनाउँदै सरकारले थप एक महिनाका लागि संकटकाल लगाएको छ ।
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App