२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मीको अविजित यात्रा निरन्तर

काठमाडौं – त्रिभुवन आर्मी क्लबले प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगितामा लगातार पाँचौं जित हासिल गर्ने क्रममा सोमबार हिमालयन हन्ड्समाथि  ७१–५० को नतिजा निकालेको छ।

शंकरदेव कलेजको कोर्टमा भएको खेलको पहिलो क्वार्टर २२–११ ले जितेको आर्मीले दोस्रो क्वार्टरमा पनि २२–४ ले सहज जित निकाल्यो । तर तेस्रो र चौथो क्र्वाटरमा क्रमश १६–११, १९–१६ को स्कोर सुम्पिए पनि आर्मीले समग्रमा ७१–५० को सहज जित पक्का गरेको हो । आर्मीका आयुस सिंहले सर्वाधिक १५ स्कोर गरे।

प्रतियोगिताअन्तर्गत मंगलबार विशाल मिलन केन्द्रले घरेलु कोर्टमा गोल्डेन गेट कलेजको सामना गर्नेछ।

होम एन्ड अवे डबल लिग प्रणालीमा जारी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी ५ खेलबाट शतप्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।  ३ खेलबाट ३ जित हात पारेको कीर्तिपुर बास्केटबल टिम ९ अंकका साथ दोस्रो  र ४ खेलबाट ६ अंक जोडेको टिम बुढानिलकण्ठ नगरपालिका तेस्रो  स्थानमा छ । ५ खेलमा समान ६ अंक जोडेको हिमालयन हन्ड्स तालिकाको चौथो स्थानमा छ।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App