२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मनाङले फ्रान्सबाट ल्यायो नयाँ हेलिकप्टर

काठमाडौं – मनाङ एयर प्रालिले एयरबस हेलिकप्टर्स फ्रान्समा आधुनिक एएस ३५० बी ३ ई (एच १२५) हेलिकप्टर खरिद गरेको छ। कम्पनीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हेलिकप्टर अवतरण गरेको हो। 

यो सँगै मनाङसँग उक्त कम्पनीका तीन ओटा हेलिकप्टर भएका छन्। कम्पनीका अनुसार यी जहाज २३ हजार फिट उचाइसम्म उडान भर्न सक्छन्।  

कम्पनीले भरपर्दो, गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउने बताएको छ। मनाङले यात्रुहरुका लागि हेलिकप्टर यात्रा, धार्मिक, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, पर्वतीय दृश्यावलोकन लगायत उडानका लागि हेलिकप्टर उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: १४ फाल्गुन २०७४ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App