२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेविसंघ अध्यक्षमा वचन कार्कीको उम्मेद्वारी

काठमाडौं– नेपाल विद्यार्थी सङ्घको अध्यक्ष पदका लागि वचन कार्कीले उम्मेद्वारी दर्ता गरेका छन्।
कार्कीले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेद्वारी दिएको जानकारी दिएका हुन्। उनले आफू अध्यक्षको अहिलेसम्मकै कान्छो उम्मेद्वार भएको समेत दाबी गरे।

नेविसंघलाई युवा नेतृत्वको खाँचो रहेकोले नै आफूले उम्मेद्वारी  दिएको कार्कीले बताए। कार्की वीरेन्द्र बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष हुन्।

पत्रकार सम्मेनलमा अनिल अधिकारीले आफूले प्रदेश नम्बर ३ बाट सह–महामन्त्रीमा उम्मेद्वारी दिएको बताए। अधिकारी त्रिविका क्रिकेट संघका अध्यक्ष हुन्। अधिकारीले आफूले क्रिकेट क्षेत्रको विकास र प्रवद्र्धनको लागि उल्लेखनीय योगदान पुर्याएको दाबी गरे।

अधिकारी सार्कस्तरीय खुला हाजिरी जवाफ प्रतियोगिताका स्वर्ण पदक विजेतासमेत हुन्। उक्त प्रतियोगिताका लागि उनले त्रिचन्द्र कलेजबाट प्रतिनिधित्व गरेका थिए।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App