पारस क्रिकेटका उत्कृष्ट वर्ष खेलाडी

मङ्गलबार, ०१ फागुन २०७४, ०७ : १९ नागरिक

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोमबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले क्रिकेटको उत्कृष्ट वर्षखेलाडी २०७३ अवार्ड प्रदान गरेको छ।

विगत ९ वर्षदेखि राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरिरहेका पारसले सातौं राष्ट्रिय खेलकुदमा एपिएफलाई स्वर्ण पदक जिताएका थिए । धनगढीमा सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि जिताएका पारस अहिले आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नामिबियामा छन् । फुटबलतर्फको अवार्ड गोलकिपर किरण चेमजोङले जितेका छन् । किरण हाल आई लिगका लागि भारतमा छन् । उनी मिनर्भ पन्जाब फुटबल क्लबबाट खेलिरहेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ३४ खेलका उत्कृष्ट खेलाडीहरूलाई अवार्ड प्रदान गरेको थियो । अवार्ड विजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी जितेका थिए । ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले २०१९ मा हुने १३औं दक्षिण एसियाली खेलकुद समयमै गर्न आफूहरू लागिपरेको भन्दै दक्षिण एसियाका अन्य देशमा जस्तो एउटा खेललाई मात्र माया गर्ने नभई नेपालमा सबै खेल र खेलाडीलाई समान सम्मान गर्ने परस्परा गरेको बताए।

फुपुल्हामु खत्री जुडोतर्फ उत्कृष्ट खेलाडी बन्दा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट भलिबल खेलाडी बनिन् । मायांका राणा लन टेनिसमा उत्कृष्ट घोषित हुँदा १२औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल निमा घर्तीमगर उसुमा उत्कृष्ट खेलाडी बनिन् । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ ब्याडमिन्टनमा उत्कृष्ट खेलाडी हुँदा स्विमिङको उत्कृष्ट वर्षखेलाडी शिरीष गुरुङ बने।

टेबलटेनिसमा स्यान्टु श्रेष्ठ उत्कृष्ट बन्दा बास्केटबलमा शतीश प्रधान वर्षखेलाडी बने ।  भारोत्तोलनमा दिनेश श्रेष्ठ, ट्रायथलनमा वसन्त थारू, स्क्वासमा अरहान्तकिशोर सिंह २०७३ सालको उत्कृष्ट खेलाडी बने । सुटिङमा अस्मिता राई उत्कृष्ट बन्दा सेपाकताक्रोमा अनिल गुरुङले अवार्ड जिते । बक्सिङमा सुशील थापा, एथलेटिक्समा कान्छीमाया कोजु, आर्चरीमा प्रेमप्रसाद पुन उत्कृष्ट बने । बुद्धिचालमा मदनकुमार कायस्थ, शारीरिक सुगठनमा महेश्वर महर्जन, साइक्लिङमा राजेश मगर, फेन्सिङमा सञ्जीव लामा, फुलकन्ट्याक करातेमा सुस्मी श्रेष्ठ, गल्फमा शुक्रबहादुर राई वर्षको उत्कृष्ट खेलाडी बने।

त्यस्तै हकीमा प्रदीप राजवंशी, जिम्न्यास्टिकमा राजु राई, ह्यान्डबलमा उमा राई, आइटिएफ तेक्वान्दोमा तुलसा राजथला, कबड्डीमा विजयकुमार चन्द, करातेमा परशुराम बास्तोला, खो–खोमा दिलकुमारी तामाङ, स्नुकर एन्ड विलियर्डमा दीपक मगर, तेक्वान्दोमा रेजिना कार्की र कुस्तीमा सरोज यादवले उत्कृष्ट खेलाडीको अवार्ड जिते । यसै वर्षबाट सुरु गरेको वर्ष पत्रकार अवार्डबाट श्याम चित्रकार पुरस्कृत भए । उनलाई १५ हजार रुपियाँ नगद प्रदान गरियो।
 


 

 

 

जोशीलाई मरणोपरान्त सम्मान
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले यसै वर्षबाट थालनी गरेको स्वर्गीय गजराज जोशी आदर्श व्यक्तित्व पुरस्कारबाट ओलम्पियन स्वर्गीय सुनीललाल जोशी सम्मानित भएका छन् । सम्मानपत्रका साथ २५ हजार रुपियाँ नगद स्वर्गीय जोशीकी धर्मपत्नी रेखा जोशीलाई प्रदान गरिएको थियो।

१९९६ को एटलान्टा ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाएका जोशीले २०४१ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुद (साफ, हालको साग) को पहिलो सात संस्करणमा लगातार भाग लिएका थिए । बंगलादेशमा भएको छैटौं साफमा भारोत्तोलन समावेश थिएन । बाँकी ६ संस्करणमा उनले नेपालको तर्फबाट भाग लिएका थिए । दक्षिण एसियाली खेलकुदमा उनी सबभन्दा बढी पदक जित्ने नेपाली खेलाडी थिए । जोशीले दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलामा ५ रजत र ९ कांस्य गरी १४ सहित कुल १७ अन्तर्राष्ट्रिय पदक जितेका थिए।

दुई पटक एसियाली खेलकुद तथा तीन पटक एसियन च्याम्पियनसिपमा सहभागिता जनाएका जोशी आधा दर्जनभन्दा बढी पटक नेपालको ‘स्ट्रङ्गेस्ट म्यान’ को उपाधिबाट विभूषित भएका थिए । प्रशिक्षकको हैसियतमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको नेतृत्व गरेका जोशीले आठौं साफमा तीन कांस्य तथा १२औं सागमा १ रजत र ३ कांस्य पदक जितेका थिए । रेफ्रीका रूपमा उनले थुप्रै एसियाली तथा विश्वस्तरीय प्रतियोगिता खेलाएका छन्।

जेठ २९ मा हृदयाघातका कारण अस्पताल पु¥याइएका उनी असार ११ गते कहिल्यै नफर्किने गरी संसारबाट बिदा भए।






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad