२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली– दाहाल भेटवार्ता (अपडेट)

फाइल तस्बिर:नागरिक

काठमाडौँ– नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा सोमवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।

दुवै नेताबीच ललितपुरस्थित एक निजी निवासमा भेटवार्ता भएको हो । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन दुवै नेता वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । नेता द्वयको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ । (रासस)

प्रकाशित: २९ माघ २०७४ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App