२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश ३ : कांग्रेसको संसदीय दलको नेतामा बानियाँ

मकवानपुर – नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्। काठमाडौंमा विहीबार सम्पन्न बैठकले बानियाँलाई सर्वसम्मत चयन गरेको हो। दलको नेता चयनका लागि ३ दिनदेखि काठमाडौंमा बैठक भईरहेको थियो।

संसदीय दलको नेताका लागि पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्कीले पनि अन्तिमसम्म आकांक्षा राखेपनि अन्ततः सर्वसम्मत रुपमा बानियाँ संसदीय दलको नेता चयन भएका छन्। पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको उपस्थितिमा बैठक बसेको थियो।

संसदीय दलको नेता चयन भएपछि बानियाँले नेपाली कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए। उनका अनुसार पार्टीले प्रदेशको संसदीय दल सम्बन्धी विधान पास गरेपछि थप कार्यविभाजन हुने छ।

कांग्रेसको संसदीय दलको नेता चयन भएका बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश २ बाट प्रदेश सदस्यमा विजयी भएका थिए। गृहराज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी नेपाली कांग्रेस मकवानपुरका सभापति समेत हुन्। संबिधान सभा(दोश्रो) २०७० को चुनावमा तत्कालिन मकवानपुर १ बाट निर्वाचित भएका उनी मात्र जिल्लामा बिजयी काँग्रेस उम्मेदवार थिए।

मकवानपुरमा प्रतिनिधी सभाको २ सिट र प्रदेश सभाको ४ सिटमा उनीबाहेक लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार बामगठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए। २८ वर्षदेखि राजनीतिक दलमा आबद्ध भएको बताउने निर्माण ब्यवसायी समेत रहेका ४७ वर्षिय बानियाँले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन्।

प्रकाशित: २५ माघ २०७४ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App