२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शिवराम र भुवनको संयुक्त अग्रता

काठमाडौं – नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ र भुवन नगरकोटीले बुधबार रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा ३ अन्डर ६५ को प्रदर्शन गर्दै सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको छैटौं प्रतियोगिता गल्फर पाइलट्स एनपिजिए क्लासिकमा संयुक्त रूपमा अग्रता लिएका छन् ।

रामे मगर २ अन्डर ६६ को स्कोरसहित तेस्रो स्थानमा रहँदा आर्मी क्लबका धनबहादुर थापा १ अन्डर ६७ खेल्दै चौथो स्थानमा छन् । यसै गरी इभन पार ६८ खेलेका आरएनजिसीका रवि खड्का पाँचौं स्थानमा रहँदा १ ओभर ६९ को स्कोरसहित सूर्यप्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्त रूपमा छैटौं स्थानमा छन् । विकास अधिकारी, भुवनकुमार रोक्का र सञ्जय लामा समान २ ओभर ७० स्कोरसहित संयुक्त रूपमा सातौं स्थानमा छन् । ३ ओभर ७१ खेलेका सचिनप्रसाद भट्टराई १०औं स्थानमा रहे ।

एमेच्योरतर्फ सुवास घिसिङ ३ ओभर ७१ स्कोरसहित शीर्ष स्थानमा रहँदा विनोद तामाङ ५ ओभर ७३ स्कोरसहित दोस्रो तथा ६ ओभर ७४ खेलेका प्रज्वल गुरुङ तेस्रो स्थानमा छन् ।३१ व्यावसायिक र १३ एमेच्योर खेलाडीको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरण बिहीबार आरएनजिसीमा हुनेछ । तीन दिन ५४ होलमा प्रतिस्पर्धा गराइने प्रतियोगिताको अन्तिम चरणका खेल शुक्रबार गोकर्ण गल्फ क्लबमा हुने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ ।

तेस्रो चरणका लागि कट नहुने प्रतियोगिताका शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
विमान चालक गल्फरहरूको प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ५५ हजार रुपैयाँ पाउनेछन भने उपविजेताले ३७ तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित: २५ माघ २०७४ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App