२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा अध्यक्षमा मिलन

पोखरा – कास्की जिल्ला फुटबल संघ (एन्फा) को साताैँ अधिवेशनबाट चार वर्षका लागि मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनमा मिलन गुरुङले प्रतिद्वन्द्वी शिव गुरुङ (माया) लाई ८ मत अन्तरले पराजित गरे । मिलनले १३ मत प्राप्त गरेका थिए भने शिवले ५ मत मात्र पाएका थिए। 

यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ (चन्द्रं) निर्वाचित भएका छन् । सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, सुशीलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र इन्द्रबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्ष भने मनोनयन भइसकेका छैनन् । कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्नेछ।

नयाँ नेतृत्व आएसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगितालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ । अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ । अधिवेशनमा कास्की जिल्ला फुटबल संघका आवद्ध २३ क्लब मध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका थिए।

प्रकाशित: ४ माघ २०७४ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App