२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शिक्षाविद् डा पोखरेलको निधन

काठमाडौँ – निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ। 

मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ। 

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उनी विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए। 

प्रकाशित: २३ पुस २०७४ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App