२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा डेढ खर्ब वैदेशिक लगानी

काठमाडौं– मुलुकमा एक खर्ब ५१ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २ सय ५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक र ११ वटाले निर्यातजन्य सामग्री उत्पादन गर्ने छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले द्रुत गतिमा उपभोग हुने उपभोग्य सामग्रीको अधिक व्यापार हुने गरेको र त्यस्ता आठवटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी रहेको जानकारी दिए । थप तीनवटा उद्योगले पनि निर्यातजन्य सामग्री उत्पादन गरिरहेका जानकारी दिँदै उनले उपभोग्य सामग्री उत्पादन गर्ने आठ र तीनवटा उत्पादनमुखी उद्योगले मात्र निर्यात गर्दै आएका बताए । 

कार्यक्रमका अधिकांश वक्ताले भारतसँगको स्थिर मुद्रा सटही प्रणाली पुनरावलोकन हुनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, उद्यमशीलता विकासका निम्ति निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने प्राविधिक एवं भौतिक पूर्वाधारको पर्याप्त उपयोग हुनुपर्ने र तिनको निर्माणमा राज्यले जोड दिनुपर्ने बताए । अलैंची, अदुवा, चियाजस्ता निर्यातजन्य कृषि उपज भारतमात्र होइन अन्य मुलुकतर्फ निकासी गर्ने गरी ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने तथा गलैंचा, तयारी पोसाक र पस्मिनाको बजारीकरणमा आक्रामक ढंगले लाग्नुपर्ने आवश्यकता उनीहरूले औंल्याएका थिए ।  

 

प्रकाशित: २० पुस २०७४ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App