२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आफै मोटर चलाएर बंगलामुखीमा पूजा गर्न आए पूर्वराजा ज्ञानेन्द्र

गुलरिया बगलामुखी मन्दिरमा पूजा गर्न आएका पूर्व राजा शाह। तस्बिर: निर्मल घिमिरे

बर्दिया-  पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार गुलरिया आएका छन्। बर्दियाको सदरमुकाम गुलरियास्थित वंगलामुखी मन्दिरमा पूजाका लागी पुगेका शाहलाई उनका समर्थकले स्वागत गरेका थिए। आंफैले मोटर चलाएर वाँकेको नेपालंगजबाट दिउँसो तीन बजे पूजा गर्न गुलरियास्थित बगलामुखी मन्दिर पुगेका थिए।

उनका समर्थकले शाहलाई भेट गर्ने क्रममा राजनैतिक वितृष्णा बढेको र राजसंस्थाको आवश्यकता महसुस भएको भन्दै नाराबाजी गरेका थिए। शुक्रवार मध्य तथा सुदूरपश्चिमका धार्मिक एवम् पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह नेपालगंजमा थिए। पत्नी र बुहारीका साथमा आएका शाहको एक हप्ते भ्रमण तालिका रहेको बताइएपनि गुलरिया बगलामुखी मन्दिरमा पूजा गर्न शाह एक्लै आएका थिए।

एक हप्ते भ्रमण आएका पूर्वराजाले मध्य तथा सुदूरपश्चिमका धार्मिक क्षेत्रको भ्रमण समेत गर्ने शाह निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार पश्चिम क्षेत्रको प्रसिद्ध हिन्दुको धार्मिक क्षेत्र वागेश्वरी,बगलामुखी माताको दर्शन गर्ने कार्य तालिका रहेको छ। पूर्वराजा आउने भएपछि मंगलवार बिहीबार बिहानैदेखि गुलरियामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो। पूर्वजहरुले आएका ठाउँ भएकाले आफु पनि पूजा गर्न आएको शाहलाई उदृत गर्दै मन्दिरका पूजारी सुकदेव पन्डितले बताए। उनले वंगलामुखी मन्दिरमा करिब १० मिनेट पूजा गरेका थिए। त्यस लगत्तै उनी नेपालगंज फर्केका छन्।

 

 

 

प्रकाशित: १८ पुस २०७४ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App