२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

केनको कीर्तिमान

लन्डन–ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा एक वर्षमा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको दिन मंगलबार टोटेनह्यामले साउथह्याम्पटनमाथि ५–२ को सहज विजय हासिल गरेको छ।

घरेलु मैदान वेम्बलीमा २२औं मिनेटमा हेडबाट गोल गर्दै टोटेनह्यामलाई अग्रता दिएका थिए । यससँगै यस वर्ष उनले आफ्नो गोलसंख्या ३७ पु¥याएका थिए । उनले १९९५ मा ब्लाकबर्न रोभर्सका एलान सियररले बनाएको कीर्तिमान तोडेका हुन् । तर, उनी त्यतिमै रोकिएनन् । ३९औं मिनेटमा दोस्रो गोल गरेका केनले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । यस वर्ष उनको यो आठौं ह्याट्रिक हो । अब २०१७ मा उनको गोलसंख्या ३९ पुगेको छ ।

यससँगै उनले क्लबका लागि २०१७ मा ५६ गोल पूरा गरेका छन् । यससँगै २०१७ मा युरोप (मुख्य लिग हुने देश इङ्ल्यान्ड, स्पेन, इटाली, जर्मनी र फ्रान्स) बाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । केनले बार्सिलोनाका मेसीलाई पछि पारेका हुन् । मेसीले यो वर्ष ५४ गोल गरेका छन् । उनले केनलाई उछिन्ने सम्भावना छैन । किनकि बार्सिलोनाले अब २०१८ सम्म कुनै खेल खेल्नेछैन । २४ वर्षे केनले शनिबार बर्नलीलाई ३–० ले हराउँदा ह्याट्रिक गर्दै सियररको ३६ गोलको कीर्तिमान बराबरी गरेका थिए ।
केनले गत सिजनको जनवरीदेखि मेसम्म २१ लिग गोल गरेका थिए । उनले १८ घरेलु मैदानमा गोल गरेका थिए भने १९ अवे खेलमा । एक महिनामा गरेको उच्च गोलसंख्या ८ हो । प्रिमियर लिगमा धेरै गोल गर्ने अन्य खेलमा रोबिन भान पर्सी ३५ (२०११ मा आर्सनलबाट) र थिएरी हेनरीले ३४ गोल (२००४ मा आर्सनलबाट ) रहेका छन् । त्यस्तै रुड भान निस्टोलरोयले २००३ मा म्यानचेस्टर युनाइटेडका लागि ३० गोल गरेका थिए ।

 

प्रकाशित: १२ पुस २०७४ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App