२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री टिलर्सन क्यानाडा जाँदै

वासिङटन, एएफपी - अमेरिकी विदेशमन्त्री टिलर्सन मङ्गलबार क्यानाडाको भ्रमण जाने छन् ।

अमेरिकाको विदेशमन्त्री भएपछि क्यानाडाको याे  पहिलो भ्रमण भएको अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ ।

अमेरिका र क्यानाडा बीचको सम्बन्धमा पछिल्लो समयमा केही असमझदारीहरुको विकास भइरहेका बेला अमेरिकी विदेशमन्त्री भ्रमण हुन लागेकाे हाे  ।

नर्थ अमेरिकी फ्रि ट्रेड एसोसिएसन (नाफ्टा) को कारण पछिल्लो समयमा यी दुई देशबीचमा पनि असमझदारी विकास भइरहेको छ ।

नर्थ अमेरिकी फ्रि ट्रेड एसोसिएसन (नाफ्टा) को विषयमा क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाकाबीच पछिल्लो समयमा असमझदारीको विकास भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले उक्त व्यापार सम्झौतामा संशोधन चाहेको बताउदै आएका छन् ।

तर त्यसमा मेक्सिको र क्यानाडा भने विना शर्त सहमत हुन सकिरहेका छैनन् । उनीहरुले अमेरिकासँग विकसित पछिल्लो परिस्थितिको बारेमा थप वार्ता चाहेको र त्रिपक्षीय समर्थनबाट मात्र यो सम्भव रहेको बताएका छन् ।

प्रकाशित: ५ पुस २०७४ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App