कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन

सोमबार, ०६ असार २०७३, १२ : ५४ विनोद सुवेदी

काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ ।       सो कार्यदलमा अनिताकुमारी परियार, गणेशमान गुरुङ र बालकृष्ण खाँण रहेका छन्। सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज बसेको समितिको पहिलो बैठकले सो कार्यदल गठन गर्ने र समितिको सभापतिको निर्वाचनको मिति तोक्न सभामुखलाई अनुरोध गर्नेसमेत निर्णय गरेको थियो ।

      आइतबार व्यवस्थापिका–संसद्बाट पारित संसद् नियमावलीको नियम १८० को प्रावधानबमोजिम सभामुखबाट समितिको सभापतिको निर्वाचनका लागि मिति तोक्ने प्रावधान रहेको छ ।

      करिब नौ महिनाको अथक प्रयासपछि पारित सो नियमावलीअन्तर्गत गठित  सो समितिमा १५ जना सदस्य रहेका छन्। सो समितिमा रहने सदस्य सङ्ख्यामा दलहरुका बीच लामो विवाद रहेको थियो ।

      सो समितिका सदस्यहरुमा अनिताकुमारी परियार, अष्टलक्ष्मी शाक्य, आनन्दप्रसाद ढुङ्गाना, कुलबहादुर गुरुङ, गणेशमान गुरुङ, चीनकाजी श्रेष्ठ, चित्रलेखा यादव, धर्मनाथप्रसाद साह, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, भानुभक्त ढकाल, योगेन्द्र चौधरी, हितराज पाण्डे, सयेन्द्र वान्तवा रहेका छन् भने एक  जनापछि मनोनयन गर्न बाँकी छ ।

      समितिको सभापतिको चयन र कार्यविधि बनेपछि लामो समयदेखि सरकारले नियुक्तिका लागि सिफारिस गरेका न्यायाधीश, राजदूत तथा निर्वाचन आयोगका प्रमुख आयुक्तको सुनुवाइ गर्न मार्गप्रशस्त हुनेछ । रासस








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad