२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलियाको पुनरागमन

पर्थ–स्टिभ स्मिथले कप्तानी इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार एसेज शृंखलाअन्तर्गत इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा पुनरागमन गरेको छ । दोस्रो दिनको खेल समाप्तीमा अस्ट्रेलिया २०३–३ मा खेलिरहेको छ । स्मिथ अविजित ९२ र मिचेल मार्स अविजित ७ रनमा खेलिरहेका छन् । १ सय २२ बल खेलेका स्मिथले १४ चौका र १ छक्का प्रहार गर्दा ३६ बल सामना गरेका मार्सले १ चौका प्रहार गरे ।
इङल्यान्डले पहिलो इनिङमा खडा गरेको ४ सय ३ रनको योगफल पछ्याएको अस्ट्रेलियाले ५५ रन जोड्दा २ विकेट गुमाएपछि  इनिङ धर्मराएको थियो । तर स्मिथले तेस्रो विकेटका लागि उस्मान ख्वाजासँग १ सय २४ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए ।
१ सय २३ बल खेलेका ख्वाजाले ६ चौका मद्दतमा ५० रनको योगदान गरे । त्यस्तै ओपनर क्यामरुन बेनक्रफ्टले २५ र डेभिड वार्नरले २२ रन जोडे । इङल्यान्डका क्रिस आभर्टनले २ तथा क्रिस ओग्सले १ विकेट लिए । यसअघि ३०५–४ बाट दोस्रो दिनको खेल सुरु गरेको इङल्यान्डले पछिल्लो क्रमका ब्याटस्म्यान चल्न नसकेपछि थप ९८ रन जोड्दा बाँकी ६ विकेट गुमाउँदै४ सय ३ रनमा सिमित भएको थियो ।
डेभिड मालन र जोनी बेयरस्टोले पाँचौं विकेटका लागि कीर्तिमानी २ सय ३७ रनको साझेदारुी गर्दै टोलािलई विशाल योगफलतर्फ  डो¥याएका थिए । तर त्यसपछिका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । २ सय २७ बल सामना गरेका मालनले १९ चौका र १ छक्का मद्दतमा १ सय ४० तथा २ सय २५ बल खेलेका बेयरस्टोले १८ चौका मद्दतमा १ सय १९ रन जोडे । अस्ट्रेलियाका मिचेल स्टार्कले ४, जोस हाल्जेउडले ३, पेट कमिङस्ले २ तथा नाथन लियोनले १ विकेट लिए । पाँच टेस्टको शृंखलामा अस्ट्रेलिया २–० ले अघि छ ।

 

प्रकाशित: १ पुस २०७४ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App