२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डोल्पा प्रदेश सभामा एमाले उम्मेदवार ४ हजार मतले विजयी

विष्णुप्रसाद देबकोटा

डोल्पा—बिहिबार राती ९.३० बजेबाट शुरु भएको प्रदेश सभा क्षेत्र नं १(क) को मतगणना सम्पन्न भएको छ। पछिल्लो परिणामअनुसार वाम गठबन्धनबाट उम्मेद्वार एमालेका नन्दसिंह बुढा ५ हजार ४ सय ९० मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ।

उनका प्रतिद्वन्द्वी नेपाली काँगेसका बेगम सिंह ठकुरीले १ हजार २ सय १३  मत ल्याएर पराजित भएका छन।

उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता ८ हजार २ सय ४३ मध्ये ६ हजार ७  सय ८६ मत खसेको थियो। ६ हजार ७ सय तीन मत सदर  भएकोमा ८५ बदर भएको   मुख्य  निर्वाचन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २२ मंसिर २०७४ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App