२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई बजेसम्म ५० प्रतिशत मतदान

काठमाडौ - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा दुई बजेसम्म झन्डै ५० प्रतिशत मतदान भएको छ । 

अहिलेसम्म मनाङ, गाेरखा, रसुवा, धादिङ, ताप्लेजुङ, पाँचथरमा ५० प्रतिशत भन्दा बढी मतदान भएको छ । साेलुखुम्बु र दोलखामा भने मतदान प्रतिशत केही न्यून छ ।  

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रले पनि १ बजेसम्म औसतमा ४० प्रतिशत मतदान भएको जनाएको राससले उल्लेख गरेको छ । 

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । 

प्रकाशित: १० मंसिर २०७४ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App