२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निगमले मंसिर १३ बाट मेघौली र सुकेटार उडान गर्ने

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य चितवनको मेघौली र ताप्लेजुङको सुकेटारमा पुनः नियममित उडान गर्ने भएको छ। 

निगमले बुधबार जनाएअनुसार मंसिर १३ बाट दुवै गन्तव्यमा उडान गरिनेछन् ।  मेघौलीका लागि प्रत्येक साता तीन दिन सोम, बुध र शनिबार उडान गरिने छ भने सुकेटारका लागि सातामा एक दिन बुधबार उडान गरिने छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजे उड्ने निगमको जहाज ४० मिनेटमा मेघौली पुग्ने छ । हाल मेघौलीका लागि एकतर्फी भाडा ३ हजार १ सय ६५ रुपैयाँ तोकिएको छ । त्यसैगरी सुकेटारका लागि बिहान ७ बजे काठमाडौबाट उडान गरिने छ । सुकेटारको एकतर्फी भाडा ५ हजार ४ सय ५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७४ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App