२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महिनावारी भएका महिलालाई मदिरामा छुट

जेरूसेलम– इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
महिनावारी भएका महिलाहरूलाई साँझ तथा बेलुकाको समयमा रक्सीमा विशेष छुट दिने व्यवस्था इजरायलका शहरहरूमा सञ्चालित  विभिन्न बारहरूले गरेका हुन् ।
महिलाहरूमा प्राकृतिक रूपमा हुने मासिक चक्र अर्थात् महिनावारीका समयमा मनोरञ्जन तथा अन्य कार्यमा उनीहरूको मन कम जाने भएकाले इजरायलका बारहरूले उक्त समयमा रहेका महिलाहरूलाई लक्षित गरी छुटको घोषणा गरेका हुन् ।
इजरायलको जाफा शहरका कतिपय बारहरूमा सोमबार, मंगलबार, बुधबार र शनिबार गरी सातामा चार दिन यस्तो छुट हुने घोषणा गरेका छन् ।
विभिन्न बारहरूले दिएको यस्तो छुटले महिनावारीका समयमा समेत महिलाहरूलाई मनोरञ्जनात्मक कार्यका सारिक गराउने बार सञ्चालकहरूको विश्वास रहेको छ ।

 

प्रकाशित: २७ कार्तिक २०७४ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App