२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् हेरफेर भएलगत्तै कमल थापालाई उर्जा मन्त्रालय

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को जिम्मेवारीमा हेरफेर गरेका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु जिम्मेवारीमुक्त गरेलगत्तै कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका दीपक बोहरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ । बोहरा यसअघि विज्ञान तथा प्रविधि मन्त्री भएका थिए । 
राज्यमन्त्रीमा कुन्ती कुमारी शाही शहरी विकास, भास्कर भद्रा उर्जा, सुशिलकुमार श्रेष्ठ आपूर्ति र कान्ता भट्टराइलार्ई महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री देउवाले गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण र सामान्य प्रशासन मन्त्रालयकोे जिम्मेवारी आफैंले लिएको निजी सचिवालयले जनाएको छ । 

प्रकाशित: ३१ आश्विन २०७४ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App