२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हराएको बालक प्रहरीले आफन्तको जिम्मा लगायो

बारा- प्रसौनीमा अलपत्र अवस्थामा फेला परेको बालकलाई बारा प्रहरीले उद्दार गरी आइतबार परिवारको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले फेला परेको ६ वर्षिय बालकलाई  पत्रकार सम्मेलन गरी  अभिभावकको जिम्मा लगाएका हुन्।

महोत्तरी जिल्ला जलेश्वर ५ घर भई हाल पर्सा जिल्ला विरगंज महानगरपालिका १५ भिस्वामा डेरा गरी बस्दै आएका छठु तिवारीको ६ वर्षिय छोरा राजा तिवारी घरबाट सम्पर्क विहिन भएका थिए। 

राजा तिवारी असोज २५ गते १ बजे प्रसौनी गाउँपालिकामा अलपत्र अवस्थामा फेला परेका थिए । फेला परेको दिन देखि नै अभिभावकको खोजतालश गर्न प्रहरीलाई सक्रिय बनाएको अवस्थामा बालकको आमाको जिम्मा लगाउँदा आफूलाई समेत गर्व महशुस भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक वैदवारले बताए।

प्रकाशित: २९ आश्विन २०७४ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App