२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरेलले बुझाए स्पष्टीकरण

काठमाडौं- गृहजिल्ला पुगेका राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेलले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।
पोखरेललाई २४ घन्टाभित्र स्पष्टीकरणसहित प्युठान छोड्न बिहीहबार आयोगले निर्देशन दिएको थियो । पोखरेलले शनिबार आयोगमा स्पष्टीकरणपत्र बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
सार्वजनिक पदधारण गरेको व्यक्ति पार्टी विशेषको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले आयोगले स्पष्टीकरण सोध्दै पोखरेललाई जिल्ला छोड्न निर्देशन दिएको थियो ।
कार्यकारी अधिकृत पोखरेलले निर्वाचन आचारसंहिताविपरीत प्युठान पुगेर कांग्रेसको कार्यक्रममा हिँडेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।
पोखरेलले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित स्पष्टीकरण बुझाएका हुन् ।

 

प्रकाशित: २२ आश्विन २०७४ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App