२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लमजुङमा ट्रक दुर्घटना, एकजनाको मृत्यु

लमजुङ – लमजुङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मध्यनेपाल–६, भोर्लेटारमा ग १ ख ६०९० नं को मालबाहक ट्रक दुर्घटना भएको हो। 

दुर्घटनमा परी मकवानपुर, हेटौँडाका अन्दाजी २२ वर्षीय सागर लामाको मृत्यु भएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले जानकारी दिए। 

मृतक सोही ट्रकको सहचालक भएको प्रहरीले जनाएको छ । लमजुङ र कास्की सिमानामा निर्माणाधीन रुदी खोला जलविद्युत् आयोजनाको सामान पु¥याएर हेटौँडातर्फ फर्कने क्रममा भोर्लेटार पिस्तीखोला नजिकै दुर्घटना भएको हो। 

ट्रकमा रहेका चालकसहित अन्य दुईजना सामान्य घाइते भएका छन् । सामान्य घाइते भएका ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ट्याक्टरमा आगलागी 

त्यसैगरी लमजुङको सदरमुकाम बेँसीशहर नजिकै ट्याक्टरमा आगलागी भएको छ। रातिमा ना १ त ४८०७ नम्बरको ट्याक्टरमा आगलागी भएको हो। 

बेँसीशहर–३ दनैगाउँमा सडक छेउमा राखिएको ट्याक्टरमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो । ट्याक्टर जलेर पूरै नष्ट भएको ट्राफिक प्रहरी भूमीराज घिमिरेले जानकारी दिए। 

बिहीबार बेलुकी ९ बजे सडक छेउमा पार्किङ गरेर घर गएपछि जलाइएको चालक विजय परियारले बताए। सो ट्याक्टर बेसीशहर–२, रानीकुवाका महेन्द्र बोहराको भएको थाहा भएको छ । रासस 

प्रकाशित: २३ भाद्र २०७४ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App