२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रेणुलाई जिताउँदा सन्तोष मिल्यो : दाहाल

पोखरामा आइतबार पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिरः उमेश पुन

पोखरा –भरतपुर महानगरपालिकाको निर्वाचनमा छोरी रेणु दाहालले मेयर पदमा जित हासिल गर्दा आफूलाई सन्तोष मिलेको रेणुका बुबा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । भरतपुरको निर्वाचन परिणामले स्थानीय नागरिकसहित आफूलाई पनि सन्तोष मिलेको उनले बताए। 

छेरीलाई जिताउन विशेष शक्ति प्रयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रिया दिएको सम्बन्धमा पोखरामा संचारकर्मीले सोधेको जिज्ञासामा दाहालले भने, ‘मैले केपी जी को स्टाटस हेरे, चितवनका एमाले कार्यकर्तालाई निर्वाचन परिणामलाई सहजै लिन भन्नुभएको रहेछ । केपी जीलाई धन्यवाद, एउटा नेताले भनेको त्यो सही हो।’

दाहालले एमाले अध्यक्ष ओली पछिल्लो समय अलि नरम हुँदै गएको समेत बताए । ओली नरम हुँदा आफू पनि नरम हुने उनले बताए । ‘प्रधानमन्त्रीबाट हट्ने बेलामा केपी ओली अलि चिन्तित थिए । अहिले केपी ओलीको पारो अलि घटेको छ’ उनले भने । सकारात्मक छलफल गरेर मिलेर जाने विषयमा सहमति भएको उनले बताए। 

संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलसँग निकटता बढेको उनले बताए । ‘एमालेसँग सहकार्य हुनै नसक्ने होइन,’ उनले भने । मंसिरमा केन्द्र र प्रदेशको चुनाव प्राथमिकतामा रहेकोले अहिले सरकार यताउता गर्दा चुनाव प्रभावित हुनसक्ने उनले बताए । 

 

प्रकाशित: २२ श्रावण २०७४ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App