२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपनबाट हराएको पल्सर बाइक सिन्धुलीमा फेला पर्‍यो

सिन्धुली— दुई वर्ष अगाडि काठमाडौंको कपनबाट हराएको मोटरसाइकल सिन्धुलीमा फेला परेको छ। विपि राजमार्गस्थित यहाँको कमलामाई नगरपालिका २ चियाबारी माथिको थाक्ले घुम्तीमा ट्राफिक प्रहरीको चेकजाँचका क्रममा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

चेकजाचका क्रममा जेठ २६ गते चोरीको मोटर साइकल फेला परेपछि मोटरसाइकल धनी भोजपुर सडानन्द नगरपालिका १० का चन्द्रप्रकाश राईलाई बुझाईएको ट्राफिक प्रहरी हबल्दार रामेश्वर पाण्डेले जानकारी दिए।

राईको बा ६० प ४२८२ नम्बरको १ सय ५० सिसीको निलो रंगको पल्सर मोटरसाइकल २०७२ साल माघ १७ गते काठमाडौं कपनबाट हराएको थियो। 
चेकजाँचकै क्रममा मोटर साइकल समातिएपछि चालकले विलबुक घरमै छुटेको भन्दै लिएर फर्किने बताएका थिए। उनी नफर्किएपछि ट्राफिकले बाइक चोरीको हुनसक्ने शंका गर्दै आफ्नो नेटवर्कमा खबर गरेको थियो।

गएपछि फर्किएर लिन नआएकाले बाइक कस्ले र कुन ठाउँको मान्छेले चोरी गरेको भन्ने पत्ता लगाउन नसकिएको प्रहरीले बताएको छ। ट्राफिकले जाँचुबुझ गर्दा बाइक नम्बर गरेको पाइएको थियो।

बा ५१ च ५२२६ नम्बरको नक्कली नम्बर हालेर सो मोटरसाइकल चलाएको पाइएको प्रहरीले जनाएको छ। चोरी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३० जेष्ठ २०७४ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App