२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं- वर्षाले प्रभावित बनेपछि ‘डकवर्थ लुइस’ पद्धतिका आधारमा सोमबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो। २ सय ५३ रनको लक्ष्य पछ्याएको एपिएफले २८.३ ओभरमा ६ विकेट गुमाएर १ सय ३८ रन बनाउँदा पानी परेको थियो। भारी वर्षाका कारण एपिएफले ब्याटिङ गर्न पाएन। त्यसपछि ‘डकवर्थ लुइस’ का आधरमा पुलिस ३४ रनले विजयी भएको थियो। एपिएफले १ सय ७३ रन बनाउनुपर्ने थियो।

२ सय ५३ रनको लक्ष्य पछ्याएको एपिएफले २७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय २१ रन बनाएर खेलिरहेको थियो। २८औं ओभरको पहिलो बलमा पृथु बाँस्कोटा रनआउट हुनु एपिएफका लागि दर्भाग्य साबित भयो।

खेल वर्षाले प्रभावित हुने निश्चित भएपछि नतिजामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै ज्ञानेन्द्र र पृथु दुवैले ठूलो सट खेलिरहेका थिए। २१ बल खेलेका पृथुले १ चौका र १ छक्कासहित १९ रन बनाएका थिए भने ज्ञानेन्द्र २९ बलमा ३ चौका र ६ छक्का बनाएर क्रिजमा थिए। यी दुईले पाँचौं विकेट लागि ४६ रनको साझेदारी गरेका थिए। तर, २८औं ओभर लिएर आएका ललित राजवंशीको पहिलो बलमा एक रन लिन खोज्दा ज्ञानेन्द्रसँग तालमेल नमिल्दा पृथु पवेलियन फर्किए।

 लगत्तै सुशील कँडेलको बलमा छक्का प्रहार गर्न खोज्दा ज्ञानेन्द्र पनि लङ अफमा प्रदीप ऐरीमार्फत क्याच भएपछि एपिएफ थप दबाबमा परेको थियो। ३ चौका र ३ छक्का प्रहार गरेका ज्ञानेन्द्रले ४५ रन बनाएका थिए। त्यसपछि पानी परेपछि खेल हुन सकेन। डकवर्थ लुइसका आधारमा एपिएफ ३४ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

एपिएफका लागि ओपनर सुवास खकुरेलले १७ तथा सन्दीप सुनारले ३६ रन बनाएका थिए। आसिफ शेखले १६ रन बनाए। पुलिस क्लबका लागि ललिलले ३ विकेट लिँदा सुशील कँडेलको नाममा १ विकेट रह्यो।

त्यसअघि पुलिस क्लबका लागि म्यान अफ दी म्याच घोषित कुशल भुर्तेलले ५२ रन बनाएका थिए। ६९ बलमा ४ चौका र १ छक्कासहित ५२ रन बनाएका कुशलले दीपेन्द्रसिंह ऐरीसँग चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। दीपेन्द्रसिंहले ३५ बलमा ४ चौका सहित ३७ रन बनाएका थिए।

ओपनरद्वय सुनील धमला र अमित श्रेष्ठले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै नेपाल पुलिस क्लबलाई राम्रो सुरुआत दिएका थिए। दुवैले समान २६ रनको स्कोर बनाए। मञ्जित श्रेष्ठ र सिद्धान्त लोहनीले सातौं विकेटका लागि ७२ रनको साझेदारी गरेपछि नेपाल पुलस क्लब ठूलो स्कोरतर्फ लम्किएको थियो। मञ्जितले २९ बलमा २ चौका र १ छक्कासहित २२ रन जोड्दा सिद्धान्तले ३८ बलमा ४ चौका र १ छक्कासहित ४० रन बनाए।

नेपाल पुलिसका अनिल शाहले तीन विकेट लिए भने ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले समान २/२ विकेट लिए। अविनाश बोहरा र भुवन कार्कीको नाममा १/१ विकेट रह्यो।

पुलिसले अब त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

खेल वर्षाले प्रभावित हुने निश्चित भएपछि नतिजामा पर्न सक्ने असरलाई मध्यनजर गर्दै ज्ञानेन्द्र र पृथु दुवैले ठूलो सट खेलिरहेका थिए।

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App