२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारी जागिर छोडेर स्थानीय तह उम्मेदवार

बाजुरा- स्थानीय तहको निर्वाचनका लागि सरकारी जागिर छोडेर उम्मेदवार बन्नेको जमात बढ्दै गएको छ। स्थायी सरकारी जागिर देखि अस्थायी र करार सेवा सम्मको जागिर छोडेर स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन्।

                जागिर छोड्ने मध्ये शिक्षक पेशामा आवद्ध बढी छन् । भने स्वास्थ्य र प्राविधिक क्षेत्रबाट पनि जागिर छोडेका छन् । चार जनाको जिल्ला शिक्षा कार्यालयले राजीनामा समेत स्वीकृत गरिसकेको छ।

                वडा अध्यक्ष र गाउँ तथा नगरपालिकाको उपाध्यक्ष/उपप्रमुख पदमा उम्मेदवार बन्न जागिर छाडेका छन्। छेडेदह गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बन्न पवित्रा शाहीले सिअनमी पदबाट राजिनामा दिएकी छन् । शाहीलाई एमालेले उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

                काँडा स्वास्थ्य चौकीमा कार्यरत शाहीको जागिर अवधी अझै १३ वर्ष बाँकी थियो । यस्तै बडिमालिका नगरपालिका ८ को वडा अध्यक्षको उम्मेदवार बन्न दलबहादुर थापाले प्रावि द्धितीय तहको स्थायी जागिर छोडेका छन् । मालिका माविमा कार्यरत शिक्षक थापालाई एमालेले उम्मेदवार बनाएको हो।

                सत्यवादी मावि पाण्डुसैनमा कार्यरत शिक्षिका रिता देवी सिहंले पनि बुढीनन्दा नगरपालिकाको उपमेयरका उम्मेदवार बन्न राजीनामा दिएकी हुन् । सिंह नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी हुन्।

जिल्ला प्राविधिक कार्यालय इन्जिनियर पदमा कार्यरत सृष्टी रेग्मीले पनि राजीनामा दिएकी छन्। रेग्मीलाई नेकपा एमालेले बुढीनन्दा नगरपालिकाको उपमेयर बनाएको छ । रेग्मी उमेरमा पनि २४ वर्षको मात्र हुन्।

यसैगरी सूर्यदय चैतेपिपल आधारभुत विद्यालयमा कार्यरत शिक्षिका तारा खाती (थापाले) पनि पदबाट राजीनामा दिएकी छन् । काँग्रेसको तर्फबाट बुढीगंगा नगरपालिकाको उपमेयरको टिकट पाएपछि पदबाट राजीनामा दिएकी हुन्।

मालिका मावि मार्तडीमा शिक्षिका पदमा कार्यरत गीता रावलले राजीनामा दिएर नेकपा एमालेबाट बडिमालिका नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी छन् । २२ वर्षकी रावल जिल्लाकै कान्छी उपमेयरको उम्मेदवार हुन्।

यता मष्टा निमावि आटीचौरमा कार्यरत शिक्षिका सत्यकुमारी रोकाया रावतले पनि छेडेदह गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारका लागि शिक्षिकाबाट राजीनामा दिएकी थिईन । तर, पार्टीले भेग र क्षेत्र मिलाउन खोज्दा टिकट भने पाउनन सकिनन् ।

माओवादी, राप्रपा लगायतले अझै टुङ्गो लगाउन सकेको छैन् । जागिरबाट राजीनामा दिएर उम्मेदवार बन्नेको संख्या बढ्ने देखिएको छ । राज्यको सुविधा छोडेर राजनीतिमा प्रवेश गरेकाहरुले जनताको सेवाका लागि उम्मेदवारी दिएको बताएका छन्।

प्रकाशित: २२ जेष्ठ २०७४ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App