२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंका अाठ नगरपालिकामध्ये काँग्रेस-एमाले ४-४ मा अगाडि

काठमाडौं – काठमाडौंका मत गणना भइरहेका ८ नगरपालिकामध्ये काँग्रेस एमालेले ४-४ वटामा अगाडि छन्। गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरी र कागेश्वरी मनोहर नगरपालिकामा काँग्रेस अगाडि छ। बुढानीलकण्ठ, टोखा, कीर्तिपुर र तार्केश्वरमा एमालेले अग्रता लिएको छ।

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वरको मेयर पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ६६८६ र  एमालेका पुण्यप्रसाद चौलागाईंले ५९९६ मत ल्याएका छन् । उपमेयरमा नेपाली काँग्रेसकी शान्ति नेपालले ६४५० र एमालेकी शान्ति श्रेष्ठले ६२८७ मत ल्याएका छन्।

बुढानीलकण्ठ नगरपालिका
बुढानीलकण्ठ नगरपालिकामा मेयरमा एमालेका उद्धवप्रसाद खरेलले ४०४३, नेपाली काँग्रेसका राजु श्रेष्ठले २९७० र माओवादीका रविन अधिकारीले १३०४ मत मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी रमादेवी राईले ४४६९, काँग्रेसकी सुभद्रा खड्काले ३०६४ र माओवादीकी हेमा अधिकारीले १२४० मत पाएका छन्र ।

नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेस मोहन बस्नेत ३७७५ र एमालेको कृष्णहरि खत्री ३५५२ प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेकी सुशीला अधिकारी ४०१६, नेपाली काँग्रेस कल्याणी खड्का ३४३१ प्राप्त गरेका छन् ।


चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका घनश्याम गिरी ७२४९, एमालेका प्रल्हाद कार्की ४९५० र माओवादी श्रीकृष्ण श्रेष्ठले २५१० ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रे ५८९६, एमाले लिसा नकर्मी ५५६६ र  माओवादी उर्मिला रोका २६१५ मत प्राप्त गरेकी छिन् ।


तार्केश्वर नगरपालिका
तार्केश्वर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । मेयर पदमा एमालेका रामेश्वर बोहरा ११७३, नेपाली काँग्रेसका श्रीराम थापा १०५३ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमाले भवानी डोटेल १४६१ र  नेपाली काँग्रेस गीता न्यौपाने ९३३ ल्याएका छन् ।  

कागेश्वरी मनोहर नगरपालिका
कागेश्वरी मनोहर नगरपालिकाको मेयर पदमा भने नेपाली काँग्रेस उपेन्द्र कार्की २९३० र एमालेका कृष्णहरि थापा २५५९ प्राप्त गरेका छन् । त्यस्तै उपमेयर नेपाली काँग्रेस अनिता अधिकारी ३०६७ र एमाले विन्दु सिग्देल २७१७ प्राप्त गरेका छन् ।

टोखा नगरपालिका
टोखा नगरपालिकामा मेयर पदमा एमालेका प्रकाश अधिकारी अग्र स्थानमा छन् ।

किर्तिपुर नगरपालिका

किर्तिपुर नगरपालिकाको मेयरमा एमालेले अग्रता दिएका छन् । मेयरमा एमालेका रमेश महर्जन ५३९९, नेपाली काँग्रेस राजकुमा नकर्मी र ४८४१ र माओवादीका हिराबहादुर महर्जन २६३३ प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेकी सरस्वती खड्का ५०७५, नेपाली काँग्रेसकी जेनिसा महर्जन ४६०८ र माओवादीकी सुशीला बस्नेत २३२४ प्राप्त गरेका छन् ।

प्रकाशित: ४ जेष्ठ २०७४ १४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App