२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाग्लुङको ढोरपाटन नगरपालिकामा एमाले विजयी

बाग्लुङ- जिल्लाको ढोरपाटन नगरपालिका एमालेले जितेको छ। उक्त नगरपालिकामा उम्मेदवारीको अन्तिम समयमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरी मेयरका उम्मेदवार बनेका देवकुमारी नेपाली मेयर र करमती घर्ती उपमेयरमा विजयी भएका हुन् । नेपालीले २६९२ मत ल्याएर नेपाली काँग्रेसका अर्जुन शेरचनलाई पराजीत गरेका हुन् । शेरचनले १९४६ मत ल्याएका छन् । उपमेयर घर्तीले २०७९ र उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी दिलमाया पौवीले २०४९ मत प्राप्त गरेकी छिन् । ढोरपाटन नगरपालिका १ मा माओवादी केन्द्रका चित्र भण्डारी, २ मा राजमोका युवराज महत, ३ मा क्रान्तिकारी माओवादीका हेमेन्द्र घर्ती, ४ मा राजमोका तिलक पुन, ५ मा एमालेका लक्ष्मण पुन, ६ मा नेपाली काँग्रेसका जीवनकुमार अदै, ७ मा राजमोका दिपक थापा, ८ मा एमालेका नन्दे सुनार र ९ मा एमालेका हरिबहादुर घर्ती विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७४ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App