२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

राई दनुवार भाषामा 'देवास'

काठमाडौं- राई दनुवार भाषामा पहिलोपटक फिल्म 'देवास' निर्माण हुने भएको छ। दसैंको नौराथामा राई दनुवार जातिले मनाउने गरेको 'देवास' पर्वलाई कथावस्तु बनाएर फिल्म निर्माण हुन लागेको हो।

फिल्मका नायक सूर्य राई 'कमल’ले राई दनुवार जातिको कला, संस्कृतिलाई चिनाउन फिल्म निर्माण गर्न लागिएको बताए। 'आगामी दसैंको नौरथामा फिल्मको सुटिङ हुँदैछ। राई दनुवारको मौलिक परम्परा, संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न हामीले फिल्म बनाउन लागेका हौं,' राईले भने।  राई दनुवार उत्थान समाजले निर्माण गर्न लागेको फिल्ममा सूर्यसँग अभिनेत्री अदिति श्रेष्ठले रोमान्स गर्नेछिन्। फिल्ममा कुमार राईको कथा, प्रसान राईको पटकथा, विकास चौधरी र रोशन श्रेष्ठको संगीत रहनेछ।

फिल्मका अभिनेता सूर्य गायक पनि हुन्। 'चिराग' र 'च्याट' गरी दुई एल्बम बजारमा ल्याइसकेका उनी विकास चौधरीको संगीतमा 'नेट' नामक एल्बम ल्याउँदैछन्। नेपाली, दनुवारसहित भोजपुरीमा उनले गाएको 'न चाहे तिलक, नचाही गाडी, हमरा चाही जिन्सवाली' बोलको गीत अहिले तराईमा हिट भइरहेको छ। सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, मकवानपुर, चितवनको चुरे क्षेत्रमा राई दनुवार जातिको बाक्लो बसोबास छ।   

प्रकाशित: २४ वैशाख २०७४ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App