२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डंगोलको ३९ बुँदे प्रतिबद्धता

काठमाडौं- नेकपा माओवादी केन्›बाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार सर्वोत्तमदास डंगोलले पाँच वर्षभित्र महानगरलाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने घोषणा गरेका छन्।

शनिबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै डंगोलले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रली बस चलाउने,  महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, निःशुल्क वाइफाईको व्यवस्था गर्नेलगायत योजना अघि सारेका हुन्।

डंगोलले महानगरभित्र निर्माण भएका मापदण्डविपरीतका संरचनाको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण हटाउने, उच्च प्रविधिसहितको पुस्तकालय, ज्येष्ठ नागरिक र गरिबीको रेखामुनि रहेका नागरिकलाई आजीवन भत्ता व्यवस्था गर्ने आफ्नो योजना रहेको सुनाए।

उनले ठूला बस चलाएर सवारी व्यवस्थापन गर्ने, ढल निकासको प्रबन्ध गर्ने, खानेपानी व्यवस्थापन गर्ने, स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना आफूले बनाएको उनले जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०७४ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App