काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेद्वार घोषणा

शनिबार, २३ बैशाख २०७४, १६ : १९ नागरिक

चितवन –  नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ । 

भरतपुर महानगरपालिकामा दुबै दलले संयुक्तरुपमा उठाइएका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् । 

पत्रकार सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा भरतपुर महानगरको प्रमुख पदकी उम्मेदवार नेकपामाओवादी केन्द्र०की रेणु दाहाललाई नेपाली काँग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा नेपाली काँग्रेसकी पार्वती शाहलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने जनाइएको छ । 

प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई निर्वाचित गर्न दुबै पार्टीका महानगरस्तरीय पार्टी र भातृ सङ्गठनलाई व्यापक रुपमा परिचालन गर्ने वक्तव्यमा जनाइएको छ । दुबै उम्मेदवारको संयुक्त प्रचारप्रसार गर्ने, संयुक्त रुपमा कार्यक्रम गर्ने, वडा र अन्य नगरपालिका एव्म गाउँपालिकामा समन्वय गरी काम अघि बढाउने पनि सो वक्तव्यमा उल्लेख छ । 

सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले संयुक्त उम्मेदवारलाई निर्वाचित गराउने बताउँदै वडा तहमा पनि काँग्रेस र माओवादीबीच समन्वय गरेर अघि बढ्ने बताए । 

वडामा मिलेर निर्वाचनमा जाने वा नजाने विषयमा टुङ्गो लागि नसकेको भन्दै उनले पूर्व राजा ज्ञानेन्द्र, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीचको साठगाठ तोड्न काँग्रेस र माओवादीबीच सहकार्य भएको बताए । 

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जिल्लामा काँग्रेस र माओवादी केन्द्रबाहेक अन्य कुनै पनि दलसँग निर्वाचनको तालमेल नगर्ने बताउँदै वडा नं– २६ मा नेकपा एमालेसँग गरिएको तालमेल भङ्ग भएको बताए । 

सो वडामा सबै पदमा काँग्रेसलाई सघाउने पनि उनले बताए । माओवादी केन्द्रसँग तालमेल गरेर जित्ने ठाउँ काँग्रेसले छाडेको भन्दै रुष्ट कार्यकर्ता क्रमश सम्मालिँदै आएको नेपाली काँग्रेस चितवनले जनाएको छ । 

भरतपुर महानगरमा नेपाली काँग्रेस पहिलो शक्तिका रुपमा स्थापित छ । महानगर बनेको चितवन क्षेत्र–४ बाट नेपाली काँग्रेसका पूर्व सभापति स्व सुशील कोइराला दोब्बर मत ल्याएर निर्वाचित भएका थिए । रासस







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad