२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तेह्रथुम कारागार परिसरमा पहिराे

तेह्रथुम– जिर्ण अवस्थामा रहेको जिल्ला कारागार तेह्रथुम परिषरमा पहिरो गएको छ। श्निबार दिउँसो परेको पानीले नवनिर्मित म्याङलुङ–कारागार सडक खण्डमा पहिरो जाँदा जिर्ण कारगारमा क्षति पुगेको छ। पहिरोले कारगार प्रबेशद्वार भत्किएपछि बाटोसमेत बन्द भएको छ।

नवनिर्मीत सडक छेउमा १० फिट पहिरो गएपछि कारागारको मुख्य कार्यालयमा क्षति पुगेको हो। पहिरो गएपछि अहिले म्याङलुङ कारागार सडकखण्ड अबरुद्ध भएको छ। पहिरोका कारण बिजुलीको पोल समेत लड्ने भए पछि थप जोखिम भएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए।

उनका अनुसार पहिरोका कारण आसपासका दुईवटा घरमा समेत क्षति पुग्ने सम्भावना छ। ३५ जना कैदीबन्दी रहन सक्ने क्षमता रहेको जिल्ला कारगारमा अहिले तीन गुणा बढी कैदीबन्दी रहेका छन्। जिल्ला कारागार तेह्रथुममा ६४ जना कैदी, ९ जना थुनुवा र १ नाबालक र १ नाबालिका छन्। पुरानो तथा जीर्ण रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहदा सुत्न मात्र हैन सरसफाई गर्नसमेत समस्या हुने गरेको कैदीबन्दीहरुले बताएका छन्।

कैदीबन्दीहरुका अनुसार बर्षायाममा भने पानी पर्दा चिसो भुईमा सुत्नु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्। पटक पटक कारगार जिर्ण भएको बारेमा सम्बन्धीत कार्यालयमा जानकारी गराउँदासमेत सुनवाई नभएको कारगारका प्रमुख पूर्णबहादुर रावतले बताए।

प्रकाशित: ९ वैशाख २०७४ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App