२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पूर्व प्रहरी हवल्दारले गरे शिक्षकको हत्या

चितवन – नवलपरासीको गैंडाकोटमा विहीबार बिहान पूर्व प्रहरी हवल्दारले एक शिक्षकको कोदालो प्रहार गरी हत्या गरेका छन् ।

हवल्दारकै घरमा डेरा गरी बस्दै आएका ३६ वर्षीय शेषकान्त रिमालको हत्या हत्या भएको हो । उनको हत्याको आरोपमा गैंडाकोट इलाका प्रहरी कार्यालयले गैंडाकोट नगरपालिका –२ का ४१ वर्षीय विष्णु पौडेललाई पक्राउ गरेको छ । 

‘आज बिहान सबेरै तीन बजे घरबेटी पौडेलले डेरामा बस्ने रिमाललाई बाहिर निस्कनुस भनेर अचानक कोदालो प्रहार गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ’ गैंडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । रिमालको भरतपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

प्रहरीका अनुसार पौडेल पूर्व प्रहरी हवल्दार हुन् । रिमाल सरस्वती निकेतन उच्चमाविका अंग्रेजी शिक्षक तथा प्लस टूका संयोजक पनि हुन् । सो विद्यालयका प्रधानअध्यापक भरतबाबु कँडेल रिमाल मिलनसार शिक्षक भएको बताउँछन् । हत्याको कारण तत्कालको आवेश वा अन्य केही हो अनुशन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक हमालले बताए । 

प्रकाशित: ३१ चैत्र २०७३ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App