२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेस नेता शाहको हत्यामा विप्लव माओवादीका कार्यकर्ताको संलग्नता

जाजरकोट- एक हप्ता अघि  खलंगाको थाप्लेचौर सातदुला स्थित सडकमा विभत्स ढंगले हत्या गरिएका  काँग्रेस जाजरकोटका नेता रविन्द्रशम्सेर शाहलाई  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले हत्या गरेको  प्रहरीले जनाएको छ।  मंगलवार  जिल्ला प्रहरी कार्यालयमा  पत्रकार सम्मेलन गरेर  प्रहरीले  शाहको हत्यामा  विप्लवका कार्यकर्ताहरुको संलग्नता रहेको पुष्टी गरेको हो।

 पत्रकार सम्मेलनमा  प्रहरी वरिष्ठ उपरीक्षक  महेशविक्रम शाहले  शाहको हत्यमा  ७ जना विप्लवका कार्यकर्ताहरुको संलग्नता रहेको र  ती मध्य २ जनालाई पक्राउ गरिएको  बताए।

 पक्राउ पर्ने मध्य  विप्लवकै कार्यकर्ताहरु शिव भनिने  ठगेन्द्रवहादुर सिंह र  डिल्ली भनिने  डिलवहादुर राना छन् ।  त्यस्तै   पौरख भनिने  बलवहादुर मल्ल, इतिहास भनिने  प्रेम वली, मोहित सिंह भनिने इन्द्र शाही, अभिसेक भनिने दीर्घवहादुर नेपाली र नाम खुल्न नसकेका   सुर्खेतका   विप्लवका  एक कार्यकर्ता रहेको  भेरी अन्चल प्रहरी प्रमुख समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक शाहले बताए।

 शाहको हत्या आर्थिक लेनदेनकै कारण भएको  बताए। उनले मृतक शाहसंग व्यक्तिगत रिसइवी र  विप्लवका कार्यकर्ताहरुसंग पटक पटक   ठेक्कापटटा र लेनदेनका विषयमा  भएको  विवादका कारण  हत्या भएको प्रहरी को भनाइ छ। विप्लव समूहका कार्यकर्ताले  चन्दा माग्दा मृतक शाहले नदिदा  उनीहरुसंग  भएको विवाद पनि घटनाको कारक रहेको प्रहरीले जनाएको छ ।

  घटना भएको  एक सातापछि प्रहरीले  आयोजना गरेको  पत्रकार सम्मेलनमा  घटनाको मुख्य योजनाकार  विप्लवका कार्यकर्ता पौरख भनिने  बलवहादुर मल्ल रहेको  प्रहरीले दावी गरेको छ।

 घटनाका बारेमा   १३ जना व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान  गरिएको  र ती मध्य ८  जनालाई   छोडिसकिएको र अन्यलाइ थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका  प्रमुख डिएसपी  भावेस रिमालले बताए।   टेलिफोन कल डिटेल, पोलिग्राफ परीक्षणका आधारमा गरिएको अनुसन्धानवाट  हत्याको कारण र  हत्यामा संलग्नहरुको पहिचान भएको  उनले बताए।

घटनाको वारेमा  अझै अनुसन्धान भइरहेको  त्यसका लागि  मृतक शाहसंगै साँझपख थाप्लेचौर सातदुलातिर घुम्न गएका  हिटलर सिंह राठौर, किरण थापा र भीमवहादुर खत्री र अन्य   २ जनालाइ हिरासतमा राखिएको  प्रहरीद्धारा जारी विज्ञप्तीमा  उल्लेख छ ।

 विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले भने  घटनामा पार्टीको संलग्नता नभएको जनाएको छ। घटना भए लगत्तै  विज्ञप्ती निकालेर  हत्याको विरोध गरेको उक्त पार्टीले  घटनामा पार्टीको कुनै संलग्नता नभएको जनाएको थियो।  प्रहरीले हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेपनि प्रतिक्रिया दिँदै  पार्टीका इन्चार्ज हरिचन्द्र जैसी अनुकुलले  घटनामा आफ्नोपार्टीका कार्यकर्ताको  संलग्नता भएपनि उनीहरुलाइ  कारबाही हुनुपर्ने बताए।   उनले व्यक्ति हत्या पार्टीको नीति नभएको भन्दै  अपराधिक गतिविधिमा संलग्न जो भएपनि कारवाहि हुनुपर्ने  उनले बताए।  

प्रकाशित: २२ चैत्र २०७३ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App