२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सामाजिक पुनःनिर्माण सबैभन्दा कठिनः पोखरेल

प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेल

काठमाडौं—राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले भूकम्पपछिको सामाजिक पुनःनिर्माण सबैभन्दा कठिन रहेको बताएका छन्। शान्ति शिक्षा अभियान नेपालले ललितपुरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भौतिक पुनःनिर्माणको काम तीव्र गतिमा भइरहे पनि सामाजिक पुनःनिर्माणको काम धेरै बाँकी रहेको उनले उल्लेख गरे।

'सामाजिक पुनःनिर्माणका लागि हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहन्छ', उनले भने। सामाजिक, भौतिक  र  आर्थिक पुनःनिर्माणको कामलाई सँगै लिएर जानुपर्ने उनको भनाइ थियो।

सामाजिक पुनःनिर्माणका लागि हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भूमिका महत्वपूर्ण रहन्छ', उनले भने। सामाजिक, भौतिक  र  आर्थिक पुनःनिर्माणको कामलाई सँगै लिएर जानुपर्ने उनको भनाइ थियो।

भूकम्पपछि ललितपुर, काठमाडौं, काभ्रेपलाञ्चोक र दोलखाका २२ वटा विद्यालय पुनःनिर्माण गरिसकेको शान्ति शिक्षा अभियानले कार्यक्रममा ललितपुरका जिल्ला शिक्षा कार्यालय अन्तर्गतका १५ वटा स्रोत केन्द्रलाई ल्यापटप हस्तान्तरण गर्‍यो।  सिंहदरवारले पुनःनिर्माणका लागि माहोल बनाउने भन्दै उनले काम समाजका सबै तहबाट गर्नुपर्ने बताए।

अभियानले ३ करोड रुपैयाँ पुनःनिर्माण तथा विद्यालय शिक्षामा खर्च गरेको संस्थाका अध्यक्ष रविन्द्र महर्जनले जानकारी दिए। कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

ललितपुरका सांसद मदन अमात्य तथा चन्द्र महर्जन, पूर्व सांसद रामृकष्ण चित्रकार, प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले कार्यक्रममा सहभागी थिए।

प्रकाशित: ४ चैत्र २०७३ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App