२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र युएन स्क्याप सचिव अख्तरबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन स्क्याप) का कार्यकारी सचिव समस्हद अख्तरले शुक्रबार शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सो भेटमा उनीहरुबीच युएन स्क्यापका गतिविधिका बारेमा कुराकानी भएको थियो । 

सन् १९४७ मा स्थापना भएको सो सस्थामा हाल एसिया तथा प्रशान्त क्षेत्रका नेपालसहित ५३ देश सदस्य र विभिन्न ९ देश आवद्ध रहेका छन् । 

पाकिस्तानका कार्यकारी सचिव अख्तरले सन् २०१४ देखि सो पदमा कार्यभार सम्हालेका थिए । युएन स्क्यापले यस क्षेत्रका आर्थिक एवम् सामाजिक विकास, यातायात, वातावरणीय तथा दिगो विकास, सूचना तथा सञ्चार, प्रविधि र समृद्धिलगायतका क्षेत्रमा सहयोग गर्दैआएको छ । 

प्रकाशित: ४ चैत्र २०७३ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App