२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेड पान्डाको छालासहित तीन पक्राउ

दाङ –  दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई घोराही उप–महानगरपालिका–४ कटुवा खोला नजिकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

वन्यजन्तुको चोरी–सिकारी छाला बिक्री–वितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ३ चैत्र २०७३ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App