२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद बैठक बहिस्कार गर्दै मोर्चा बाहिरियो

मंगलबारकाे संसद बैठक बहिस्कार गर्ने क्रममा बाेल्दै माेर्चाका नेता लक्ष्मणलाल कर्ण। तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– संयुक्त लोतान्त्रिक मधेशी मोर्चाले मंगलबार व्यवस्थापिकाको बैठक बहिस्कार गरेर बारिरिएको छ। बैठकको कार्य प्रारम्भ भएपछि मोर्चाका नेतासमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संसदमा बोलेका थिए । 

संविधान संशोधन प्रस्ताव पारित गरेर मधेशीलाई अधिकार सम्पन्न गराउनुको साटो उक्त विधेक पारित गर्न आनाकानी गर्दै सरकारले मधेशीलाई अधिकारबाट बञ्चित गराउन लागेको उनले आरोप लगाए। ‘संविधान संशोधन नगर्ने, मधेशीलाई गोली हान्ने र अधिकारबाट बञ्चित गराउन खोजिएको छ,’ उनले भने । 

कर्णले बोलेपछि मोर्चामा आबद्ध दलका सांसदहरुले संसद बैठक बहिस्कार गरी बाहिरिएका थिए । 

संसदको बैठकमा मंगलबार विशिष्टहरुको पारिश्रमिक सम्बन्धिक विधेयक, सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशको सेवा सुविधा सम्बन्धी विधेयक, स्थानीय तहको वडा निर्धारणसम्बन्धी विधेयकलगायत विधेयकमा छलफल हुँदै छ । 

बैठकमा कम्पनी ऐनको संशोधन विधेयकमा छलफल गर्ने पनि कार्यसूचीमा रहेको छ। 

प्रकाशित: १ चैत्र २०७३ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App