२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने

काठमाडौँ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ।

बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, सङ्घीयता र राष्ट्रिय सभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो।

उल्लिखित चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए। उनले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताए।

व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत बिहीबार सुरु भएको थियो।

सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो।

संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ। रासस

 

प्रकाशित: १४ फाल्गुन २०७३ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App